दाङ । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीका स्वकीय सचिव सन्तोष वलीले केसीको सचिवालय बाट राजिनामा दिने बताएका छन् । केसी सांसद भएदेखी नै  स्वकीय सचिव बनेका वली राज्यमन्त्री बनेपछी प्रमुख स्वकीय सचिव अमित शर्मालाई बनाएपछी असन्तुष्ट छन् ।´अहिलेसम्म मैले दु:ख गरेँ ।` वलीले प्रदेश अनलाइनसँग भने,´राज्यमन्त्री भएपछी मेरो मुल्याकंन भएन ।` उनले आफु दोस्रो     स्वकीय सचिव भएर सचिवालयमा नबस्ने र सचिवालय बाट राजिनामा दिने बताए । राज्यमन्त्री केसीले आज अमित शर्मालाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका छन् । शर्मा नियुक्त भएको खबर पाएपछी वलीले फेसवुकमा समेत असन्तुष्टी पोखेका छन् । उनले लेखेका छन्,´ दु:ख पर्दा हो दरिलो साथ दिने सुख पर्दा त अबसरका पर्खाइमा बसेका साथ दिन आइहाल्छन नि ।`

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्