माओवादी र काँग्रेसको योजनामा जनमुक्ति सेनाले हत्या गरेको सिआइबीको निष्कर्ष
गणेश आचार्य
दाङ । दाङका संचार उद्यमी देविप्रसाद धिताल हेमराजको हत्या भएको १२ बर्ष पुगिसक्यो । तर,उनको हत्या कसले र किन ग¥यो भन्नेप्रश्न अझैं अनुत्तरित छ । प्रहरीले हत्याराको पहिचान गर्नु त क्षितिज पारीको कुरा भइसक्यो, हत्यामा संलग्नहरुको स्पष्ट स्केचसम्मतयार गर्न सकेको छैन् ।
२०६७ साल साउन ६ गते संचार उद्यमी देविप्रसाद धिताल काँग्रेसको जिल्ला अबिधेसनका क्रममा साबिकको उरहरी गाविसमा पर्नेहेमनगरका गुरुप्रसाद शर्माको घरमा पुगेका थिए । उनको साथमा कान्तप्रसाद वली र घरधनी गुरुप्रसाद रेग्मी । हेमराज कहाँ छन् भन्नेस्वंय हेमराज,कान्तप्रसाद र गुरुप्रसाद बाहेक अरु कसैलाई थाहा थिएन । उनिहरु बिच काँग्रेसको जिल्ला अबिधेसनका बारेमा छलफलभएको थियो । छलफल चलिरहँदा नरेन्द्र बुढाथोकीको कान्तप्रसादलाई फोन गरेर लोकेशन मागेका थिए ।
नरेन्द्रसँग मोबाइलमा कुराकानी भएको केही समयमा कान्ताप्रसाद र हेमराज गुरुप्रसादको घरबाट निस्कीए । कान्ताराम गेटभित्र सूर्तीमिच्न थाले भने हेमराजले बाइक स्टार्ट गर्नथाले । हेमराज बाइकमा चढ्ने बित्तिकै उनिमाथी गोली बर्षाइयो ।
हेमराज त्यो दिन कहाँछन ? भन्ने स्वयंम हेमराज,कान्ताराम र गुरुप्रसाद बाहेक अरु कसैलाई थहाँ थिएन । त्यो भेटघाट अत्यन्त गोप्यथियो । गोप्य भेटघाट भइरहेको घरको गेटमा ढुकेर अपराधिक समूहले हेमराजको हत्या कसरी ग¥यो ? प्रश्न गम्भीर छ । हेमराज कहाँछन् भन्ने कुरा कान्तप्रसादलाई फोन गर्ने नरेन्द्र बुढाथोकीले थहाँ पाए । स्वंयम हेमराज,कान्ताप्रकाश र गुरुप्रसादसँगै हेमराजको लोकेशनथहाँ पाउने नरेन्द्र चौथो व्यक्ति हुन् । नरेन्द्रले लोकेशन मागेको केहीबेरपछी हेमराज माथि गोली हानिएको छ । तर,प्रहरीले नरेन्द्रले किनलोकेशन मागे ? यसबिषयमा अनुसन्धान गर्न आवश्यक ठानको छैन् । गुरुप्रसादको घरको गेटमै गोली हानिएपछी हेमराज गेटभित्र जानखोजे । तर,गेट लगाएर उनलाई भित्र पस्न दिइएन । आफैले गेट बन्द गरेका गुरुप्रसादले भने आफूले गोली चलेको थाहा नपाएको दावीगर्छन् ।
प्रत्यक्षदर्शी उमा बस्नेतका अनुसार गेटभित्र पस्न नदिइएपछी हेमराज छेउमै रहेको घरतिर भागे । उनलाई अपराधिक समूहले लखेटीलखेटी गोली हानेर ढाल्यो । हेमराज त्यहीँ छट्पटाइरहे ।
हेमराजलाई गोली हानेपछी हत्याराहरु घटनास्थलबाट पूर्वतर्फ भागेका थिए । गोली लागेर छट्पटाइरहेका हेमराजलाई उपचारकालागितुलसीपुर ल्याइदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो । उनको हत्या भएको १२ बर्ष पुगिसक्यो तर,प्रहरी भने घटनामा संलग्नहरुकोपहिचान गर्न सकिरहेको छैन् ।
परिवार भन्छ,‘हत्यामा देवराज,गुरुप्रसाद र कान्ताप्रसादको हात छ ।’
संचार उद्यमी हेमराज मारिएको १२ बर्षसम्म पनि प्रहरीले हत्याराको पहिचान गर्न नसक्दा उनको परिवारका सदस्यका आँखामा झरेकाआँशु अझैँ ओभाएका छैनन् । स्वर्गीय हेमराजका भाई पुष्कर धितालका अनुसार हेमराजको हत्यामा संलग्न भएको आरोपमा साविकतुलसीपुर ११ नवलपुरका तुलसीराम विक उर्फ देवराज ठाकुरलाई पक्राऊ गर्न नेपालगञ्जमा रहेको उनको होटेल हंगेरीमा छापा हानेकोथियो ।
तर,देवराज प्रहरीलाई झुक्याउँदै त्यहाँबाट भाग्न सफल भएका थिए । देवराज त्यहिबेला कपडा नै नलगाई टाबेल र गन्जीसँग भागेरइन्डिया पुगि आफूलाई फोन गरेको पुष्कर बताउँछन् । पुष्कर भन्छन्,‘दाइको हत्यामा कुनै न प्रकारले देवराजको हात छ । यदि हत्यामासंलग्न नभएको भए प्रहरीले पक्राऊ गर्न खोज्दा किन भाग्यो ?’
प्रहरीले छापामार्दा भाग्ने देवराजलाई पक्राऊगरी अनुसन्धान गरे हत्यारा पत्ता लाग्ने उनको भनाई छ । देवराज भारतीय व्यापारीनिर्मलसिंह भंगुको घरका घरेलु कामदार हुँदा त्यहाँबाट दाङका केही युवाले हिरामोती सहित केही नगद समेत चोरेर ल्याएपछी हेमराजलेती हिरामोती फिर्ता गराइदिएका थिए । हेमराज केही साथी र प्रहरीका साथ इन्डिया पुगेर उक्त हिरामोती भंगुलाई बुझाएको जानकारहरुबताउँछन् ।
३२ बर्षको उमेर श्रीमान् गुमाएकी हेमराजकी पत्नी मन्जु हेमराजको बारेमा कसैले सोध्दा भक्कानी हाल्छिन् । बोल्दा आँखाबाट आँशुबग्छ,गला अबरुद्ध हुन्छ । बोल्दा बोली बिचमै अडिन्छ । यस्तै अवस्थामा उनले प्रदेश अनलाइनलाई प्रतिक्रिया दिंदै,‘प्रहरी आर्थिकप्रभाव र राजनीतिक दवाबमा परी आफ्ना श्रीमान्का हत्यारालाई पक्राऊ नगरेको दावी गरिन् ।’
भाइटिका आउन तीन महिना मात्रै बाँकी रहँदा जेठो भाई गुमाएकी हेमराजकी दिदि पार्वता धिताल हत्यामा संलग्न भएको दावी सहितगुरुप्रसाद शर्मा र कान्तप्रसाद वली विरुद्ध किटानी जाहेरी दिँदा समेत प्रहरीले उनिहरुलाई पक्राऊ नगरी अपराधिको पक्षपोषण गरेकोबताउँछीन् ।



यस्ता छन्,हत्याका कारण
हेमराज त्यतिबेला सामूदायिक रेडियो तुलसीपुरका अध्यक्ष थिए । रेडियोको अध्यक्ष हुँदाहुँदै नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधीबन्ने योजनामा थिए । जानकारहरुका अनुसार उनि महाधिबेसन प्रतिनिधी बनेर दाङ काँग्रेसमा हावी हुने उनको भित्री मनोकांक्षा थियो ।त्यतिबेलै उनको हत्या भयो । त्यतिबेला दाङमा टाइगर ग्रुपले श्रृखलावद्ध रुपमा अपराधिक घटना दोहो¥याइ रहन्थ्यो । कहिलेव्यापारीसँग चन्दा आतंक त कहिले अपहरणदेखी व्यक्ति हत्यासम्म ।
हेमराज त्यहिबेला ठेक्कापट्टाको काम पनि गर्थे । तुलसीपुरस्थित १९ नम्बर बाहीनीको रासनको ठेक्का उनैलाई परेको थियो । टाइगरग्रुपले सबै व्यापारी र ठेकेदारसँग तोकेरै चन्दा माग्थे । तर,टाइगर ग्रुपको निशानामा हेमराज कहिल्यै परेनन् । अनौपचारिक रुपमा प्रहरीअधिकारीहरु टाइगर ग्रुप संचालनमा उनको पनि हात थियो भन्छन् । उनी तुलसीपुरमा युवाहरुको समूहलाई हातमा लिएर ठेक्कापट्टामिलाउने काम गर्थे । अझँ भनाँै तुलसीपुरमा एकछत्र राज चल्थ्यो उनको । हेमराज आफैँमा पैसावाल मान्छे थिए । त्यसमा पनि चोरीभएका बहुल्य हिरामोती फिर्ता गराइदिएपछी भारतीय व्यापारी निर्मलसिंहका विश्वास पात्र भइसकेका थिए । त्यसकारण पनि उनलाईपैसाको कुनै कमी थिएन ।
खुमबहादुर खड्का पावरमा थिए,उनी खुमबहादुरका दाहीने हात । खुमबहादुरको दाहीने हात भएकै कारण दाङमा प्रहरी,प्रशासनमाउनको राज चल्थ्यो । उनले कुनै कुरा सिफारिस गरेमा प्रहरीका हाकिमहरु हतपत उनको कुरा काट्न सक्दैनथे । कुटपीट रयुवाहरुबीचको ग्याङवार उनि एक कल फोनको भरमा मिलाउँथे । जसका कारण उनी तुलसीपुरमा सबैका ‘दाई’बनेका थिए ।तर,खुमबहादुरसँग हेमराज निकट भएको उनका राजनीतिक प्रतिष्पर्धीलाई पटक्कै मन परेको थिएन ।
जानकारहरुका अनुसार टाइगर ग्रुपको संरक्षण गर्नेमा उनीसँगै तुलसीपुरका अरु व्यापारी र यातायात व्यसायी पनि थिए । उनीहरुसँगहेमराजको अघोषित टर्सल सुरु भइसकेको थियो । त्यहीँ टर्सलका कारण उनको हत्या गर्ने योजना बनेको थियो । प्रहरी अधिकारीहरुकाअनुसार तीन समूहको स्वार्थ बाँधिएपछी हेमराजको हत्या गरिएको हो । यद्यपी प्रहरी अधिकारीहरु चेन अफ कमान्डका कारणऔपचारिक रुपमा यो कुरा बोल्दैनन् । उनिहरुका अनुसार दाङमा खुमबहादुरको नजिक को बन्ने ? भन्ने राजीनितक प्रतिष्पर्धा,भारतीयव्यापारी निर्मलसिंह भंगुसँग को नजिक बन्ने ? भन्ने प्रतिष्पर्धा र तुलसीपुरका गुन्डा कसले कब्जा गर्ने भन्ने प्रतिष्पर्धाका कारण तीनवटैसमूह मिलेर लामो योजना बनाएर उनको हत्या गरिएको हो ।
कहाँ पुग्यो अनुसन्धान ?
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी भने प्रहरी हेमराज हत्यारा पत्ता लगाउन लागिरहेको र अनुसन्धान नसकिएकाले केहीभन्न नमिल्ने बताउँछन् । हेमराज हत्याकान्डको अनुसन्धान आजभोली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गरिरहेको ।सीआईबीका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार हेमराजको हत्याका बारेमा सुष्म ढंगले अनुसन्धान भइरहेको छ । प्रहरीलेहेमराजको हत्यामा प्रयोग गरिएको हतियार अझैँसम्म प्रहरीले फेला पार्न सकेको छैन् । ‘उहाँको हत्या भएको स्थानमा फेला परेकोगोलीको खोका हाम्रो ल्याबमा छ ।’उनले भने,‘तर, हत्यामा प्रयोग भएको हतियार बरामद भएको छैन् । त्यो हतियार अझैँ अपराधिकसमुहसँगै छ ।’ सिआइबी स्रोतले भन्यो ।
अनुसन्धान जारी छ भन्नेसुरक्षा संयन्त्रको पुरानै रेडिमेट जवाफ हो । प्रहरीले मान्छे मारिएको १२ बर्षसम्म पनि एकजना अभियुक्त पक्राऊगर्न त परको कुरा हत्यामा संलग्नहरुको स्पष्ट स्केच सम्म तयार नगरी अनुसन्धान जारी भन्नु संसारको उत्कृट जोक बाहेक अरु केही हुनसक्दैन् ।
अहिले हेमराज हत्याकाण्डको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले गरिरहेको छ । सीआइबी स्रोतका अनुसार योघटनाको अनुसन्धान करिब अन्तिम चरणमा छ । सीआइबी हेमराजको हत्यामा तत्कालीन माओवादीका शीबिरमा रहेका लडाकु प्रयोगभएको निष्कर्षमा पुगेको स्रोतको दाबी छ । सीआइबीले हत्यामा संलग्न भएको आशंकामा माओवादीका पूर्व लडाकुलाई नियन्त्रणमालिएर सोधपुछ समेत गरिसकेको छ ।

अनुसन्धानमा संलग्न सिआइबीका एक प्रहरी अधिकारीका अनुसार एक पुर्व जनमुक्ती सेनाले हेमराजको हत्या आफूले गरेकोबताइसकेका छन् । अनुसन्धानका क्रममा सिआइबीका अधिकारीले तामाङ थरका ती जनमुक्ती सेना सँग परिचय लुकाएर भेटेका थिए। कुराकानीका क्रममा ती पुर्व जनमुक्ती सेनाले ´हेमराजको हत्या समेत मैले गरेको हुँ ।
बिभिन्न कोणबाट अनुसन्धान अघी बढाएको सीआइबीको टोली हत्यामा संलग्नलाई पक्राउ गर्न दाङ आएका बेला ती संदिग्ध व्यक्तिपक्राउ पर्ने सूचना पाएर भागेका थिए । हेमराजको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सीआइबीको टोली आएको इप्रकातुलसीपुरलाई मात्रै थाँहा थियो । इप्रका तुलसीपुरले नै सीआइबीको टोलीलाई गाडीको बन्दोबस्त मिलाएको थियो । तैपनि हत्याअभियुक्त फरार हुनुले इप्रका तुलसीपुरमै कार्यरत प्रहरीले त अभियुक्त भगाएका होइनन् भन्ने आशंका सीआइबीलाई छ ।
त्यति मात्रै होइन्,सीआइबीलाई हेमराज हत्याका अभियुक्तलाई पक्राउ नगर्न पूर्व माओवादी र काँग्रेसका हाई प्रोफाइलका नेताले दवाबदिँदै आएको सीआइबी स्रोतको भनाई छ । सीआईबी एक अनुसन्धान अधिकारीका अनुसार हेमराज हत्याको मुख्य योजनाकार काँग्रेससम्वद्ध व्यक्ति हुन् । उनलाई पूर्व एमालेका एक जिल्ला स्तरका नेताको पनि साथ छ । तत्कालीन समयमा माओवादी नेताहरुसँग राम्रोहिचमिच भएका उनले माओवादीका एक जिल्ला स्तरका नेतालाई ‘हेमराज’ले तपाईको हत्या गर्ने योजना बनाएका छन् । बिचार गर्नुस्भनेर त्रसीत पारेको र सोही त्रासका कारण ती माओवादी नेताले संग्रामस्थित लडाकु शीबीरबाट लडाकु ल्याएर हत्या गरेको निष्कर्षमासीआइबी पुगेको उच्च प्रहरी अधिकारीले बताउँछन् । ती प्रहरी अधिकारीले हत्याको योजना बनाउने र हत्या गर्ने व्यक्तिको नाम भनेखुलाएनन् । प्रहरी स्रोतका अनुसार हेमराजको हत्यामा प्रयोग गरिएको हतियार अनमिनले प्रमाणिकरण गरेको हो । त्यो हतियार अहिलेमाओवादीले राज्यलाई बुझाइसकेकाले राज्यकै नियन्त्रणमा छ । मान्छे मार्नु छ भने पैसा दिनुस्,म मार्छु |` भनेका थिए ।
हुन् त हेमराज पनि कुनै दुधले नुहाएका साधु थिएनन् । कोट्याउँदै जाने हो भने कहीँनेर उनमा पनि कालो दाग भेटिएला । यदि उनलेअपराध गरेका थिए भने उनलाई कानूनको डोरीले बाँधेर कठघरमा उभ्याउनु पथ्र्यो । जुनसुकै बहानामा भएपनि हत्या गरिनु जघन्यअपराध हो । हेमराज हत्याकान्डका अपराधीलाई प्रहरीले पक्राऊ नगर्दा त्यसपछी दाङमा धेरै अपराध भएका छन् । गोरखा बोर्डिङकोहत्याकान्ड,नारायणपुरमा भएको परिवारकै बंश बिनाश,मोतीपुरमा जुवाको खालमा हत्या,व्यापारी राजकुमार श्रेष्ठको हत्या र जसपुरमा रामबहादुरको हत्या जस्ता उदाहरण प्रसस्त छन् । यदि हेमराजका हत्यारालाई पक्राऊ गएिको भए अपराधिहरुको मनोबल घट्थ्यो रत्यस्ता किसीमका अपराधिक घटना दोहोरिने सम्भावना कम हुन्थ्यो । त्यसैले प्रहरीले उनको हत्यामा संलग्न अपराधिहरुलाई कसैकोदवाब र प्रभावमा नपरी कानुनको डोरीले बाँध्न जरुरी छ ।


न्याय मरेकाे देश, सरकारले कार्बाहि नगरेपनि दाेषिलाई ईश्वरलेअबस्य कार्बाहि गर्नेछन्।
यदि सरकारले न्याय दिन्छ भने दुधकाे दुध पानी काे पानी छुट्टावस
तर 12 बर्स पुग्दा सम्म ……………?