दाङ । तीन बर्षिया बालिका बलात्कारको भएकी छन् ।



बबई गाउँपालिका वडा नम्बर ५ की ३ बर्षिया बालिकालाई सोही ठाउँका १४ बर्षिय किशोरले शनिवार बेलुकी बलात्कार पश्चात भीरबाट खसालेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेर उनले लगाएको सुनको मुन्द्रा लुटेर भीरबाटकरिब ५० मिटर तल खसालिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बलात्कृत बालिकाका परीवारले बेलुकी ७ बजे प्रहरीलाई खबरगरेको गरेको थियो । बालिका दिउँसो २ बजेदेखि किशोरको साथमा रहेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल पुग्दा बालिका पानीपानी भन्दै रोइरहेकी थिइन । बालिकालाई थप उपचारकालागि नेपालगन्ज पठाइएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामुअर्यालले जानकारी दिएका छन् । डीएसपी अर्यालका अनुसार बलात्कारमा संलग्न किशोरलाई पक्राउगरी हिरासतमा राखिएको छ । तीकिशोर यसअघी पनि चोरीका घटनामा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

