दाङ । आफ्नै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टर संचालक पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर संचालन गरेका बालाराम डाँगी आफ्नै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेको इप्रका तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार डाँगीले मंगलबार राति १२ बजे इमर्जेन्सी काम परेको भन्दै आफ्नै ड्राइभिङ सेन्टरमा कार्यरत युवतीलाई कार्यालयमा बोलाएका थिए । युवतीले रातिमा कार्यालय जान अस्वीकार गरेकी थिइन् । तर,डाँगीले आफ्नो श्रीमती पनि अफिसमै भएको र छिटो आउन ताकेता गरेपछी युवती कार्यालय पुगेकी थिईन । कार्यालय पुग्दा डाँगीकी श्रीमती त्यहाँ थिइनन् । डाँगीले कार्यालयमै युवतीलाई बलात्कार प्रयास गरेको र युवतीले प्रतिकार गरेपछी बलात्कार हुनबाट जोगिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । डिएसपी अर्यालका अनुसार आरोपी डाँगीलाई आज पक्राउगरी हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

  1. तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर संचालन गरेका बालाराम डाँगी आफ्नै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेको इप्रका तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार डाँगीले मंगलबार राति १२ बजे इमर्जेन्सी काम परेको भन्दै आफ्नै ड्राइभिङ सेन्टरमा कार्यरत युवतीलाई कार्यालयमा बोलाएका थिए । युवतीले रातिमा कार्यालय जान अस्वीकार गरेकी थिइन् । तर,डाँगीले आफ्नो श्रीमती पनि अफिसमै भएको र छिटो आउन ताकेता गरेपछी युवती कार्यालय पुगेकी थिईन । कार्यालय पुग्दा डाँगीकी श्रीमती त्यहाँ थिइनन् । डाँगीले कार्यालयमै युवतीलाई बलात्कार प्रयास गरेको र युवतीले प्रतिकार गरेपछी बलात्कार हुनबाट जोगिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । डिएसपी अर्यालका अनुसार आरोपी डाँगीलाई आज पक्राउगरी हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्