काठमाडौँनेकपा (एमाले)ले प्रदेशसभा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको   महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेशसभा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो  संविधान कानुनी व्यवस्थाअनुसार आगामी मंसिर गते हुनेप्रदेशसभा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिए  उनले आफ्नो पार्टीदल दर्ता गरेसँगै सो निर्वाचनको तयारीमा पनि विधिवत रूपमा प्रवेश गरेको बताए  त्यस अवसरमा महासचिव पोखरेलले एक पटकदर्ता भइसकेको दल पटकपटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएकोप्रतिक्रियासमेत दिए 

उनले भने, ‘वास्तवमा लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य आवश्यक विषय हो  हाम्रो संविधानले प्रत्येक निर्वाचनको समयमादलहरू दर्ता गर्ने व्यवस्था गरेको   यो व्यवस्थाचाहिँ सुधार गर्नुपर्छ भन्ने लाग्छ मलाई  किनकि दलहरु एक पटक दर्ता भइसकेपछिपटकपटक दर्ता गरिरहने कुरा आवश्यक विषय होइन  तर पनि हाम्रो संविधान, कानुनले जे व्यवस्था गरेको   त्यस अन्तरगत हामीलेदल दर्ता गरेका छौं  , हामी निर्वाचनको तयारीमा विधिवत रुपमा प्रवेश गरेका छौं 

निर्वाचन आयोगले आगामी मंसिर गते आइतबारका दिने हुने सो निर्वाचन प्रयोजनका लागि यही साउज ३१ गतेसम्म कार्यालयअवधिभित्र सबै राजनीतिक दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो  सोहीअन्तर्गत एमाले महासचिव पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् 

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्