दाङ । एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट निर्वाचित भएर प्रतिनिधिसभामा प्रवेश गर्ने प्रयासमा छन् । २०७४ मा प्रदेशसभामा निर्वाचन लडेका उनीविरुद्ध गठबन्धनले माओवादीकी रेखा शर्मालाई मैदानमा उतारेको छ ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । उनले कांग्रेसका राजु खनाललाई पराजित गरेका थिए । गत स्थानीय तहको निर्वाचनको तथ्यांकअनुसार यस क्षेत्रमा एमाले पहिलो दल हो ।

पोखरेलले राप्रपाको साथ पाए निर्वाचन जित्ने स्थानीय तहको मतले देखाउँछ । यस क्षेत्रमा एमालेले ३३ हजार ५९३, कांग्रेसले २३ हजार ३०१, माओवादीले १० हजार ४७८, राप्रपाले ३ हजार २६४ र नेकपा एसले २ हजार ९४२ मत प्राप्त गरेका छन् ।

Advertisements

गठबन्धनको बलियो पकड रहेको घोराही उपमहानगरपालिकामा एक्लै जितेको एमाले शंकर पोखरेलको व्यक्तित्वका कारण अझ बलियो छ । यसबीचमा सो क्षेत्रका माओवादीका प्रभावशाली नेताहरु र कांग्रेसका नेता समेत एमाले प्रवेश गरेका छन् ।

पोखरेलले मुख्यमन्त्री हुँदा दाङ राजधानी लगेको क्रेडिट त पाएकै छन्,एमालेको उदाउँदो नेता भएका कारण उनलाई उद्योग व्यवसायी क्षेत्रका व्यक्तिहरुले पनि भरोसा गरेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्