२०५८ फागुण २० मा श्रीगाउँका तारा योगी बुवा कर्णनाथ योगीको किरियामा थिए । बावुको निधनले शोकाकुल तारा सेतो कोरा पहिरनमा बावुको किरिया मै थिए । रातिको ८:२० बजेको थियो सायद । तारा सहित ४ भाई किरया पुत्री खाना खाने तयारीमा थिए । खाना खाने तयारी गर्दैगर्दा उनको घरमा एक हुल माओवादी कार्यकर्ता जबर्दस्त छिरे अनि तारा योगीलाई काम छ भन्दै बाहिर निकाले । घरदेखि केहि पर लगेर तारालाई ´तँ काँग्रेस बन्ने है` भन्दै खुकुरीले छ्याप्छ्याती काटे । घाँटीमा रेटे,अनि बन्दुकले छातीमा गोली दागे । बावुको किरिया बसेका ताराको बिभत्स हत्या गरिएपछि बाजेको नुन बारेका नविन योगी आफ्ना बाजेको किरिया बस्न बाध्य भए । बाजेको किरिया बसेका बावु मारिएपछि नविनलाई आफु पनि मारिन्छु कि भन्ने चिन्ता थियो । तर,उनले उनले हिम्मत हारेनन,माओवादीमाबाट हत्या गरिएका आफ्ना बावुको किरियाक्रम सके । तारा योगीको हत्यामा संलग्न एक माओवादी कार्यकर्ताका अनुसार तारा हत्याकाण्डका कमाण्डर धनबहादुर मास्की´राजेश`हुन् । उनै मास्की अहिले सत्ता गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३´ख`मा प्रदेशसभा सदस्यका उम्मेद्वार छन् । ती माओवादी कार्यकर्ता भन्छन्-´राजेश दाइको आदेशमा किरिया बसेका तारा योगीलाई घाँटी रेटेर हामीले हत्या गरेका हौँ । आज उनै राजेश दाई उनकै छोरासँग भोटको भिख माग्दैछन् ।`
गठबन्धनका उम्मेद्वार राजेशको निर्देशनमा श्रीगाउँका तारा योगीको मात्रै होइन,हापुरेका काँग्रेस नेता शालिकराम घिमिरेको पनि अनाहकमा हत्या गरिएको छ । नेपाली कांग्रेस साविकको पुरान्धारा उपसभापति रहेका घिमिरेलाई माओवादी नेता राजेशकै निर्देशनमा २०५५ साउन १५ गते राति सुतेको बेला बाटोमा ल्यायर पहिला खुकुरिले प्रहारगरी पेस्तोलले गोली हानेर हत्या गरिएको थियो । उनको हत्यामा संलग्न माओवादी कार्यकर्ता भन्छन्,´शालिकरामको हामीले हत्या नगरेको राजेश दाइले हामीलाई मार्थे ।`

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्