दाङ । एमालेले लुम्बिनि प्रदेश सभा संसदीय दलको नेता लिला गिरीलाई बनाउनेभएको छ ।



दाङ । आज बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको छलफलमा नेताहरू बिच गिरीलाई संसदीय दलको नेता बनाउनेसहमति जुटेको हो । एमाले स्रोतका अनुसार आज बिहान महासचिव पोखरेल निवासमा एमालेका लुम्बिनि प्रदेश इन्चार्ज छविलालविश्वकर्मा,संसदीय दलको नेताका आकाङ्क्षी लिला गिरी र चेतनारायण आचार्य लगाएतका नेताहरू सहभागी थिए । अर्का आकाङ्क्षीआचार्य समेत सहभागी भएको छलफलले दलको नेतामा गिरीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।एमालेले सपथग्रहण पश्चात आजै संसदीय दलको नेता चयन गर्दैछ ।
एमाले लुम्बिनि प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । महासचिव पोखरेलले यसअघि नै लुम्बिनि प्रदेश सरकारको नेतृत्व एमाले गर्ने बताइसकेका छन् ।
Advertisements


