दाङ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आधाआधाकार्यकाल गर्ने सहमति भएको छ ।



यसअघी एमालेले पाँचै बर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर,माओवादी संसदीय दलका नेता जोखबहादुर महराले शीर्षनेता बिचको सहमतिमा असहमति जनाउदै
आफू पनि मुख्यमन्त्री बन्न पाउनु पर्ने अडानमा थिए । एमाले संसदीय दलका नेता लीला गिरीले आज मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारीमहरा गएराति प्रचण्ड र केपी ओली भेट्न काठमाडौं गएपछि दावी पेश भोलिकालागि सारिएको छ ।

´लीला गिरीले आज मुख्यमन्त्रीमा दावी पेश गर्ने कार्यक्रम तय गरिएको थियो । एमालेका नेताले भने-´तर,महराजी असन्तुष्ट भएरकाठमाडौं गएपछि भोलिकालागि सारिएको छ ।
एमाले उच्च स्रोतका अनुसार महराले प्रचण्ड र केपीसँग भेटेर ढाई बर्षपछि आफु मुख्यमन्त्री बन्न पाउनुपर्ने अडान राखेपछि केपी–प्रचण्डबिच आज महरालाई ढाई बर्षपछि मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

