दाङ अदालतबाट ज्यानमार्ने उद्योगमा पाँच बर्ष कैद सजाए तोकिएका गुन्डा नाइके विकास पुन अझैँ पक्राउ परेका छैनन् २०७० चैत गते घोराहीको नयाँ बजारमा पदम चन्दलाई पेस्तोलले गोली हानेर हत्या गर्न खोजेको भन्दै दाङ जिल्ला अदालतकान्यायाधीश चुरामन खड्काले २०७३ फागुन २९ गते विकास त्रिशक्ति पुनलाई पाँच बर्ष कैद सजाए हुने फैसला गरेका थिए फैसलालगतै त्रिशक्तिले प्रहरीमा आत्मसमर्ण गरेका थिए भने विकास उतिबेलादेखि नै फरार छन्
विकासले जिल्ला अदालतको फैसला विरूद्व उच्च अदालतमा पुनरावेदन गरे उनको मुद्दाको २०७५ बैसाख ३१ मा उच्च अदालततुलसीपुरमा सुनुवाइ भयो न्यायाधीशद्वय महेश शर्मा पौडेल सुदर्शनदेव भट्टको संयुक्त इजलासले पाँच बर्ष कैद गर्ने जिल्लाअदालतकै फैसलालाई सदर गरेको थियो

विकास सजाए भुक्तान गर्नभन्दा पनि मुद्दा पुनरावलोकन गरी पाँउ भन्दै सर्वोच्च अदातलत पुगे दश बर्ष वा सो भन्दा माथि सजाएतोकिएका बाहेकका मुद्दाको पुनरावलोकन नहुने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै विकासको पुनरावकनको निवेदन २०७५ फागुन १० गतेसर्वोच्च अदालतमा दर्ता भयो उनको निवेदनमाथि सर्वोच्च अदालतले २०७९ साउन १६ गते सुनुवाइ गर्यो कामु प्रधानन्याधीशहरिकृष्ण कार्की तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दश बर्ष वा सो भन्दा माथि सजाए तोकिएका बाहेकका मुद्दाको पुनरावलोकननहुने स्पष्ट कानुनी व्यवस्था भएकाले मुद्दा पुनरावलोकन गर्न नपर्ने भन्दै उच्च अदालतकै फैसला सदर गर्यो

सर्वोच्चले उच्च अदालतको फैसला सदर गरेको सात महिना पुगिसक्दा समेत विकास हालसम्म पक्राउ परेका छैनन् विकासदाङ,कपिलवस्तु रूपन्देहीमा खुलेआम हिडिरहेको उनले गोली हानी हत्या प्रयास गरेर पनि बाँचेका पदम चन्द बताउँछन् विकासकोकैद सजाए बारे आफूलाई थाहा नभएको दाङ प्रहरी प्रमुख बिरबहादुर वलीले बताए ´यो बिषयमा मलाई कुनै जानकारी छैन् ` एसपीवलीले भनेके रहेछ बुझेर कानुन अनुसार अघि बढ्छु `

Advertisements

विकास पुनको विगत पनि अपराधिक पृष्ठभूमि उनले दाङलाई आधार क्षेत्र बनाएर गुन्डा नाइके कुमार घैँटेको अपरेटरका रूपमासाविकको राप्ती अन्चलमा गुन्डागर्दी गर्ने गर्थे ठेकेदा व्यापारीलाई धम्काएर रकम असुल गर्नु उनको प्रमुख कर्म हो उनी गुन्डागर्दीगरेको अभियोगमा पटकपटक पक्राउ समेत परेका थिए घैँटे प्रहरी इन्काउन्टरमा मारिएपछि विका अर्का गुन्डा नाइके पुर्णे तालुसँगनजिकिएका थिए उनी आजभोलि काभ्रेका गुन्डा नाइके गणेश लामाको सामिप्यतामा छन्

विकासको पनि घैँटेको जस्तै पैसाको बिटोमा बस्ने सौख पैसाको बिटो अगाडी राखेर खिचेको तस्वीर केही बर्ष पहिले भाइरल बनेको थियो

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्